६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै परिवारका ११ सदस्य काेराेना संक्रमित



अ+ अ-

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं. ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण  पुष्टि  भएको  स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले  जानकारी  दिए ।

सुनसरीको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।

वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण  पुष्टि  भएको  निमित्त  प्रमुख यादवले जानकारी दिए । केही दिनअघि  परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट  फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।