५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारिता–काठमाडौँ उडानमा सिट खाली भएपछि…



अ+ अ-

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नारिता–काठमाडौँ उडानमा सिट खाली रहेपनि टिकट काट्नुपर्दा सिट प्याक भएको भन्दै यात्रुले असन्तुष्टि व्यक्त गरेका छन् ।

जापानको नारिता–काठमाडौ को १०ः३० बजेको उडानमा सिट खाली रहेपछि ट्राभलमा टिकट सोध्दा प्याक भएको भन्दै यात्रु श्री गुरुङले सामाजिक सञ्जालमा असन्तष्टि पोखेका छन् ।

पश्चिमान्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष,पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा तमु धीं जापानका पूर्व अध्यक्ष समेत रहनु भएका गुरुङले सामाजिक सञ्जालमा विमानको सिट खाली रहेको तस्बिर राख्दै लेखेका छन् – ‘सत्य बोल्छु तथ्य लेख्छु “ २५ सेक्टेम्बर २०२३ सोमबारः नारिता–काठमाडौँ १०ः३० बजेको उडान, यो खबर नेपाल सरकारलाईः सिट खाली छ तर ट्राभलमा टिकट सोधे प्याक, गरिब माथि गरिब बनाउने भयो मेरो देश नेपाललाई – श्री पशुपति नाथले हामी सबैको कल्याण गरोस ।’