१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारिता–काठमाडौँ उडानमा सिट खाली भएपछि…



अ+ अ-

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नारिता–काठमाडौँ उडानमा सिट खाली रहेपनि टिकट काट्नुपर्दा सिट प्याक भएको भन्दै यात्रुले असन्तुष्टि व्यक्त गरेका छन् ।

जापानको नारिता–काठमाडौ को १०ः३० बजेको उडानमा सिट खाली रहेपछि ट्राभलमा टिकट सोध्दा प्याक भएको भन्दै यात्रु श्री गुरुङले सामाजिक सञ्जालमा असन्तष्टि पोखेका छन् ।

पश्चिमान्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष,पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा तमु धीं जापानका पूर्व अध्यक्ष समेत रहनु भएका गुरुङले सामाजिक सञ्जालमा विमानको सिट खाली रहेको तस्बिर राख्दै लेखेका छन् – ‘सत्य बोल्छु तथ्य लेख्छु “ २५ सेक्टेम्बर २०२३ सोमबारः नारिता–काठमाडौँ १०ः३० बजेको उडान, यो खबर नेपाल सरकारलाईः सिट खाली छ तर ट्राभलमा टिकट सोधे प्याक, गरिब माथि गरिब बनाउने भयो मेरो देश नेपाललाई – श्री पशुपति नाथले हामी सबैको कल्याण गरोस ।’