२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो अङ्कले घट्यो नेप्से



अ+ अ-

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ ।

विभिन्न कम्पनीका ७० लाख ६१ हजार चार सय चार कित्ता शेयर रु एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ मा कारोबार भएका छन् । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।

आजको कारोबारमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९० प्रतिशत, एसियन हाइड्रोपावर लिमिटेडको सात दशमलव ९१ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ६० प्रतिशतले बढेको छ । साथै लक्ष्मी भ्यालु फण्ड–२ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने शुभव पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु सात करोड ६२ लाख २३ हजार सात सय ३२ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको तीन लाख ८१ हजार पाँच सय ४८ कित्ता शेयर किनबेच भएको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब ३८ अर्ब ६९ करोड ४० लाख ८४ हजार छ सय ९४ पुगेको छ । रासस