• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चिकित्सकमाथिको आक्रमण रोक्न हरिवंशको अपिल



काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्ने बताउनुभएको छ । बुधबार एक भिडियो सन्देश जारी गर्दै उहाँले चिकित्सकमाथि हातपात गर्ने जस्तो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताउनुभयो ।

आचार्यले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुर्व्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभएको छ, “पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुर्व्यवहार हुँदै आएको छ । यस्तो अमानवीय काम रोकेर हातपात गर्ने क्रियाकलापलाई तुरुन्त बन्द गरी चिकित्सक र स्वास्थ्यकर्मीको सेवाप्रति ऐक्यबद्धता जाहेर गरौँ ।”

यस्ता घटनामा सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दै उहाँले भन्नुभएको छ, “देशसँग पनि अनुरोध छ कि यस्तो किसिमको हातपात जोमाथि भएपनि राज्य चुप लागेर बस्नु हुँदैन । र यो दण्डनीय कामलाई बन्द गर्नुपर्छ ।”

केही दिनयता देशका केही अस्पतालमा चिकित्सकमाथि आक्रमणका श्रृंखलाबद्ध आक्रमण भइरहेका छन् । आक्रमणको विरोधमा चिकित्सकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार नै बुधबार वक्तव्य जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।