९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

चिकित्सकमाथिको आक्रमण रोक्न हरिवंशको अपिल

चिकित्सकमाथिको आक्रमण रोक्न हरिवंशको अपिल
अ अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले चिकित्सकमाथिको हातपात तुरुन्त बन्द हुनुपर्ने बताउनुभएको छ । बुधबार एक भिडियो सन्देश जारी गर्दै उहाँले चिकित्सकमाथि हातपात गर्ने जस्तो दण्डनीय कामलाई बन्द गर्नुपर्ने बताउनुभयो ।

आचार्यले चिकित्सकसहित नागरिकमाथि हुने यस्तो किसिमको दुर्व्यवहार र हातपातको घटनामा चुप लागेर नबस्न राज्यलाई समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभएको छ, “पछिल्लो समय स्वास्थ्य र जीवन बचाउने चिकित्सकमाथि दुर्व्यवहार हुँदै आएको छ । यस्तो अमानवीय काम रोकेर हातपात गर्ने क्रियाकलापलाई तुरुन्त बन्द गरी चिकित्सक र स्वास्थ्यकर्मीको सेवाप्रति ऐक्यबद्धता जाहेर गरौँ ।”

यस्ता घटनामा सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दै उहाँले भन्नुभएको छ, “देशसँग पनि अनुरोध छ कि यस्तो किसिमको हातपात जोमाथि भएपनि राज्य चुप लागेर बस्नु हुँदैन । र यो दण्डनीय कामलाई बन्द गर्नुपर्छ ।”

केही दिनयता देशका केही अस्पतालमा चिकित्सकमाथि आक्रमणका श्रृंखलाबद्ध आक्रमण भइरहेका छन् । आक्रमणको विरोधमा चिकित्सकहरु पनि प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार नै बुधबार वक्तव्य जारी गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने उपर कारवाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ ।