• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

ऐन/कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न मिल्दैन: मेयर शाहको सचिवालय



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका सचिवालय सदस्य भूपदेव शाहले कुनै पनि ऐन र कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न नमिल्ने बताएका छन् ।

सामाजिक अभियन्ता ईः लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा  मागहरु कानूनी, सामाजिक र प्राविधिक दृष्टिकोणले न्यायसंगत नभएको उल्लेख गरेका छन् ।

उनले कुनै पनि सरकारले आफ्नो मातहतमा नरहेको, आफ्नो पूर्ण क्षेत्राधिकारभित्र नपर्ने ऐन वा कानूनमा व्यवस्थान भएको विषयमा सहमति गर्न नसक्ने स्पष्ट गरेका हुन् ।

शाहले भनेका छन्, “वार्तामा हामीले आफ्नो सीमितताहरु पटकपटक दोहोर्याएका छौँ । मेरो विनम्र अनुरोध छ मित्र ई, आफ्नो स्वास्थ्यको ख्याल गरेर आन्दोलन फिर्ता लिइदिन। तिम्रो स्वास्थ्यका लागि म जिम्मेवारीबाट पछि हट्न पनि तयार छु।”