९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

अन्तर्राष्ट्रिय टी–२० मा नेपालको विश्व कीर्तिमानहरू: दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए

अन्तर्राष्ट्रिय टी–२० मा नेपालको विश्व कीर्तिमानहरू: दीपेन्द्रले ९ बलमै अर्धशतक बनाए
अ अ+ अ-

काठमाडौँ । एसियाली खेलकुदमा आज नेपालले पहिलो खेलमा मङगोलियासित कीर्तिमानी जित हात पार्यो । नेपालले मङ्गोलियालाई दुई सय ७३ फराकिलो रनले पराजित गर्यो । यहि खेलमार्फत नेपाली टीमले विभिन्न विश्व कीर्तिमान राखेको छ ।

कमजोर टीम मङ्गोलियाविरुद्ध नेपालले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनायो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनैपनि टीमले ३०० रन बनाउन सकेका छैनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८ रन बनाएको थियो ।

यस्तै, नेपालले मंगलोलियाविरुद्ध हासिल गरेको २७३ रनको फराकिलो जित पनि टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनले जित हासिल गरेको थियो ।

त्यसैगरी, नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक बनाए । यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। दीपेन्द्रले एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का प्रहार गरे । उनले नौ बलमा लगातार ६ छक्का, त्यसपछि दुई रन र पछि फेरी दुई छक्का प्रहार गरे । यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए । उनले भने एकैै ओभरमा लगातार ६ छक्का हानेका थिए ।

नेपालले आज सर्वाधिक छक्काको कीर्तिमान पनि बनाएको छ । आजको खेलमा नेपालले २६ छक्का प्रहार गरेको छ । जुन टी–२०मा हालसम्मकै सर्वाधिक छक्का हो । जसमा कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र कप्तान रोहित पौडेलले ६ छक्का प्रहार गरे । यसअघि टी–२०मा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । जसमा अफगानिस्तान र वेस्ट इन्डिजले समान २२ छक्का हानेका थिए ।

यस्तै, नेपालले तेस्रो नम्बरको ब्याट्सम्यानको सर्वाधिक रनको विश्वकीर्तिमानी पनि बनाएको छ । तेस्रो नम्बरमा आएका बुशल मल्लले १३७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यानले हालसम्म यति धेरै रन बनाउन सकेका छैनन् । यसअघि न्यूजिल्यान्डका ब्रान्डेम म्याकुलमले बंगलादेशविरुद्ध सन् २०१२ मा १२३ रनको इनिङ खेलेका थिए ।