• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टी–२० आई मा नेपालको सर्वाधिक रनको विश्व कीर्तिमान, कुशल र दिपेन्द्रको दुर्लभ रेकर्ड



काठमाडौँ । नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।

यो टि२० इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।

यस्तै, नेपालका कुशल मल्लले ३४ बलमै शतक प्रहार उनी टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।

अर्कोतर्फ दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक पूरा गर्दै विश्वकीर्तिमान बनाए । उनले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।