• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कुशल मल्लको १३७ रन, मंगोलिया समक्ष ३१५ रनको विशाल लक्ष



कुशल मल्ल (फाइल)

नेपाली ब्याट्सम्यान कुशल मल्लले एसियाड क्रिकेटमा १३७ रनको किर्तिमान रन बनाएका छन् । टी२० क्रिकेट फम्र्याटमा कुशलको यो पहिलो शतक हो । उनले टी२० मा सर्वाधिक तिब्र गतिमा शतक बनाउने किर्तिमान पनि बनाएका छन् ।

चीनको हान्झाउमा जारी एसियाडमा नवप्रवेशी र कम अनुभवयुक्त मंगोलिया विरुद्ध पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ३४ बलमै शतक बनाएका थिए । उनले शतक बनाउनेक्रममा ६ चौका र ९ छक्का प्रहार गरेका थिए ।
उनले व्यक्तिगत १३७ रन बनाएका थिए । ५० बल सामना गरेका कुशलले समग्रमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले २०१९ मा सिंगापुर विरुद्ध ४९ बलमा शतक प्रहार गरेका थिए ।

नेपालले निर्धारित २० ओभरको खेलमा तीन विकेटको क्षतिमा ३१४ रन बनाएको छ । नेपाली टिमका कप्तान रोहित पौडेलले पनि व्यक्तिगत अर्धशतक बनाएका छन् । उनले व्यक्तिगत ६१ रन बनाएका थिए ।

तर दीपेन्द्र सिंह ऐरीले अन्तिममा १० बलमै ५२ रन बनाएर मंगोलिया विरुद्ध विशाल स्कोर खडा गर्न मद्दत गरेका थिए । १० बल सामना गरेका उनले ८ छक्का प्रहार गरेका थिए ।

यसअघि खेलको शुरुआत गरेका कुशल भुर्तेलले १९ र आशिफ सेखले १६ रन बनाएका थिए ।

नेपालको स्कोरबोर्ड (३१४ रन, २० ओभर)
कुशल भुर्तेल – १९ रन (आउट)
आशिफ सेख – १६ रन (आउट)
कुशल मल्ल – १३७ रन (अविजित)
रोहित पौडेल (कप्तान) – ६१ रन (आउट)
दीपेन्द्र सिं ऐरी – ५२ रन (अविजित)