१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१९ च्याम्पियनसिपः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपको सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु दर्शकको भरपुर साथ रहने नेपाल भारतलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । यद्यपि, बलियो टोली भारतविरुद्ध खेल्न नेपाललाई सहज भने हुने छैन ।

नेपालले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै समूह उपविजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो । भारत भने समूह बी को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस्तै, आज दिउँसो पाकिस्तान र भुटानले पनि फाइनलमा स्थान बनाउन सेमिफाइनल खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो १ः३० बजे दशरथ रंगशालामा नै हुनेछ । ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको यस च्याम्पियनसिपमा माल्दिभ्स र बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् ।

२०१५ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतले समान दुई–दुई पटक उपाधि जितेका छन् ।

फाइनल खेल शनिबार साँझ ५ः३० बजे हुनेछ ।