७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन: पूर्वअर्थमन्त्री पौडेल

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन: पूर्वअर्थमन्त्री पौडेल
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधानको लागि जतिसुकै कुरा र प्रयास गरे पनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न नसक्ने दाबी गर्नुभयो ।

उहाँले देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्ने काम अहिलेसम्म गर्न नसकेको बताउनु भयो । पूर्वअर्थमन्त्री पौडेलले निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र र ध्यानाकर्षण भन्दा पनि सदन र सडकबाट दबाब दिन आवश्यक रहेको भन्दै त्यसको लागि व्यवसायीहरु तयार हुनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीबाट व्यवसायीका समस्या समाधान हुने आशा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कोभिड लगायतका समस्या नहुँदा पनि अर्थतन्त्रमा कसरी समस्या आयो । बैंकमा तरलता छ । विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको छ । भनेर नेपालको अर्थतन्त्र सुधार हुँदै गएको भन्ने दाबी सरकारको छ त्यो वास्तविकतामा आधारित छैन । उत्पादन छैन । आयात छैन । निर्यात,माग,सप्लाई र रोजगारी पनि छैन । अफ्ठ्यारो अवस्थामा अर्थतन्त्र लयमा थियो र अहिले अर्थतन्त्र दुरावस्थामा आएको छ । समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन सक्दैन ।”

उहाँले भन्नुभयो.’वर्तमान सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने र देशका आर्थिक क्षेत्रका समस्या समाधान हुने कुनै पनि सम्भावना छैन । सरकारले जतिसुकै कुरा र प्रयास गरेपनि सरकारले अर्थतन्त्रका समस्या बुझ्न र समाधनका निम्ति नीतिगत वा व्यवहारिक निर्णय गर्न सक्दैन । देशको अर्थतन्त्रलाई ठिक दिशामा लैजाने संकल्प गर्न सक्दैन । निजी क्षेत्रले पनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र दिएर व्यवसायीका समस्या समाधान हुने आशा नगर्दा हुन्छ । ध्यानाकर्षणको फेज पूरा भइसक्यो । सशत्त दबाब सडक,सदनबाट निर्णायक दबाब नदिई वर्तमान सरकारले समस्या समाधान थाहा पाउँदैन । समाधानको लागि कुनै निर्णय गर्दैन ।’

उहाँले बैंकमा तरलता, विदेशी मुद्राको सञ्चिति, शोधानान्तर स्थिति र रेमिट्यान्समा सुधार आएको भन्दैमा अर्थतन्त्र सुधार हुँदै भएको सरकारको दाबी वास्तविकतामा आधारित नभएको बताउनु भयो । उहाँले उत्पादन,आयात, निर्यात,माग,सप्लाई र रोजगारी समेत नभएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण निराकरण नगरी अर्थतन्त्रको समस्या समाधान हुन नसक्ने बताउनु भयो ।