• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्नेछ: कार्यवाहक प्रधानमन्त्री खड्का



काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले मुल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रीपरिषद्बाट आवश्यक निर्णय गरिने बताउनुभएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीपरिषद्बाट उहाँको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँको सम्मानमा सरकारको तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्युले प्रक्रिया अघि बढाएको कुरा भनिसक्नुभएको छ । त्यसलाई हामी मुल परामर्श समितिसँग समन्वय गरेर मन्त्रीपरिषद्को बैठकबाट आवश्यक निर्णय गर्ने पनि विश्वास दिलाउँछु । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हीतका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरुको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताउनु भयो ।