१४ भाद्र २०८३, आईतवार
,
Latest
टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्नेछ: कार्यवाहक प्रधानमन्त्री खड्का



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

मंगलवार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उहाँले मुल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रीपरिषद्बाट आवश्यक निर्णय गरिने बताउनुभएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मन्त्रीपरिषद्बाट उहाँको सम्मानमा आवश्यक निर्णय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँको सम्मानमा सरकारको तर्फबाट आयोजक समितिसँग परामर्श गरी उहाँलाई राज्यको तर्फबाट दिने सम्मनका बारेमा सम्बन्धित मन्त्रालयका मन्त्रीज्युले प्रक्रिया अघि बढाएको कुरा भनिसक्नुभएको छ । त्यसलाई हामी मुल परामर्श समितिसँग समन्वय गरेर मन्त्रीपरिषद्को बैठकबाट आवश्यक निर्णय गर्ने पनि विश्वास दिलाउँछु । उहाँले निजी एवं पारिवारिक स्तरभन्दा माथि उठेर सामग्र समाज र देशलाई नै आफ्नो सेवाले अतुलनीय योगदान दिनुभएको छ ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हीतका लागि अमूल्य योगदान दिएका विशिष्ट व्यक्तिहरुको अभिनन्दन गरी यथोचित सम्मान गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको बताउनु भयो ।