२ श्रावण २०८३, शनिबार
,
Latest
‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

के राजनीतिमा आउन लागेकी हुन् कंगना ?



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो अभिनयबाट फ्यानको मनमा विशेष स्थान बनाएकी छिन् । ग्याङ्स्टर फिल्मबाट डेब्यु गरेकी नायिकाले क्वीन, तनु वेड्स मनु फ्रेन्चाइज, मणिकर्णिकाः द क्वीन अफ झाँसीजस्ता उत्कृष्ट फिल्मबाट हिन्दी सिनेमामा राम्रो छाप छोडेकी छिन् ।

अभिनयका अलावा अभिनेत्री प्रायः आफ्नो बयानका कारण पनि चर्चामा आउने गर्छिन् । कयौं पटक उनको भनाइलाई लिएर विवाद सुरु हुन्छ ।

धेरैको विश्वास छ कि उनले यो सबै गर्नुको उद्देश्य राजनीतिमा प्रवेश गर्ने हो । तर, कंगना यो कुरामा सहमत छैनन् । यतिबेला नायिका आफ्नो फिल्म चन्द्रमुखी २ को प्रचारप्रसार गरिरहेकी छिन् । हालै मिडियासँग कुरा गर्दै उनले यो प्रश्नको खुलेर जवाफ दिएकी हुन् ।

कंगनाले भनिन्, ‘म सामान्यतया सचेत र जिम्मेवार व्यक्ति हुँ । धेरैले भन्छन् म राजनीतिमा आउन केही बोल्छु वा गर्छु । यो सत्य होइन । म कट्टर देशभक्त हुँ । यसको कुनै भित्री मनसाय छैन । म अहिले मेरो जीवनमा खुसी छु । यहाँसम्म पुग्न निकै मेहनत गरेको छु । मलाई थाहा छैन म आफ्नो करियर नयाँ सुरु गर्न चाहन्छु कि चाहँदिन ।’