२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोङछिङमा प्रधानमन्त्री भेटवार्ता



अ+ अ-

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छोङछिङ महानगरपालिका सचिव युआन चियाचुनसँग भेटवार्ता गर्नुभयो ।

प्रधानमन्त्री दाहाल आज चिनियाँ सहर छोङछिङ पुग्नुभएको हो । आज छोङछिङ महानगरपालिकामा उहाँले सो भेटवार्ता गर्नुभएको हो । वार्तामा द्विपक्षीय हित र आपसी सहयोग एवं समझदारीका विषयमा कुराकानी भएको थियो । यसअघि आज छोङछिङ पुग्दा उहाँलाई सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री दाहालले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवं आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुभयो । सो एकेडेमीमा कृषि उत्पादनको आधुनिक प्रयोग एवं उत्पादनको अवलोकन गरी जानकारी लिनुभएको थियो । उहाँका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुनुहुन्छ । उहाँ आज छोङछिङमा नै रहनुहुने कार्यक्रम छ । रासस