१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनरत् डाक्टर र सरकारबीच वार्ता जारी



अ+ अ-

काठमाडौं । आन्दोलनरत् चिकित्सक र सरकारबीच वार्ता जारी रहेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता चलिरहेको हो ।

वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीलगायत स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि सहभागि रहेका छन् ।

सुरक्षाको माग गर्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकमाथि लगातार भईरहेको आक्रमण र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए ।

सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए । त्‍यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए । त्यसअघि लमजुङ जिल्ला अस्पताल र हेटौंडाको सञ्चो अस्पतालका डाक्टरमाथि पनि हातपात भएको थियो ।