१० श्रावण २०८३, आईतवार
,
Latest
गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ महिनादेखि पारिश्रमिक नपाएपछि पाकिस्तानी खेलाडी आक्रोशित, दिए यस्तो धम्की



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय पुरुष विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । सबै टोली तयारी पूरा गर्न व्यस्त छन् तर १९९२ को विश्व च्याम्पियन पाकिस्तानी टोली फेरि एकपटक चर्चामा आएको छ ।

पाकिस्तानबाट प्राप्त रिपोर्टका अनुसार पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०र खेलाडीबीचको केन्द्रीय सम्झौतालाई लिएर पाँच महिनादेखि चलिरहेको विवाद अहिले गम्भीर बनेको छ । खेलाडीले चार महिनादेखि तलब पाएका छैनन् ।

खेलाडीहरूले पीसीबीलाई स्पष्ट रूपमा भनेका छन् कि यदि विश्वकप सुरु हुनु अघि यो मामिलाको समाधान नभएमा उनीहरूले टोली प्रायोजकको लोगो लगाउने छैनन् न त विश्वकपको कुनै प्रमोशनल कार्यक्रममा भाग लिनेछन् ।

विश्वका अन्य क्रिकेट बोर्डहरू जस्तै पाकिस्तानमा पनि खेलाडीलाई केन्द्रीय अनुबन्ध दिइन्छ । यसमा केही वर्गहरू पनि छन् । शीर्ष खेलाडीलाई ए श्रेणीमा राखिएको छ । उदाहरणका लागि, अहिलेका कप्तान बाबर आजम, शाहिन शाह अफ्रिदी र मोहम्मद रिजवान ‘ए’ श्रेणीका खेलाडी हुन् ।

ए श्रेणीका खेलाडीलाई प्रत्येक महिना ४५ लाख रुपैयाँ (पाकिस्तानी रकम)दिइन्छ । खेलाडीलाई यो शुल्कमा कुनै समस्या छैन तर उनीहरुको समस्या यो हो कि ४५ लाखको यो शुल्कमा यति धेरै कर लगाइएको छ कि उनीहरुले २७ देखि २८ लाख मात्रै पाउँछन् ।

यो विवाद पाँच महिनाअघि सुरु भएको थियो र त्यसपछि पीसीबीका दुई प्रमुख (पहिले नजम सेठी र अहिले जाका अशरफ)ले पदभार ग्रहण गरिसकेका छन्, तर यो समस्या समाधान हुन सकेको छैन ।

विश्वकप सकिनु अघि जाका अशरफ पनि बिदाइ हुनेछन् र त्यसपछि नयाँ प्रमुखले जिम्मेवारी सम्हाल्नेछन् । अहिले नै यो मामिलाको समाधान भएन भने यो समस्या धेरै लामो समयसम्म लम्बिने खेलाडीको धारणा छ ।

‘क्रिकेट पाकिस्तान’को रिपोर्टका अनुसार धेरै पाकिस्तानी खेलाडीहरू विश्वकपअघि यो मामिलाको समाधान हुने सर्तमा मात्र एसिया कप खेल्न गएका थिए । तर, यो पनि हुन सकेन ।

अब खेलाडीहरुले खेलको सुधारका लागि आईसीसीले हरेक देशलाई दिने पैसा वा राजस्वमा खेलाडीलाई पनि हिस्सा दिनुपर्ने नयाँ माग गरेका छन् । स्पष्ट रूपमा पीसीबी यसका लागि तयार हुन सक्दैन, किनभने यो कुनै पनि देशमा हुँदैन । समग्रमा न त केन्द्रीय सम्झौता शुल्कको विवाद रोकिएको छ न त खेलाडीसँग आईसीसीको राजस्व बाँडफाँडको समस्या समाधान भएको छ ।

खेलाडीहरूले पीसीबीलाई स्पष्ट रूपमा आफ्ना मागहरू जतिसक्दो चाँडो पूरा गर्न भनिएको छ । यदि त्यसो भएन भने, उनीहरूले किटमा न त टोलीको प्रायोजकको लोगो राख्नेछन् न त विश्वकपको कुनै प्रवर्द्धनात्मक कार्यक्रममा भाग लिनेछन् ।

पाकिस्तानी टोलीले आगामी अक्टोबर ६ मा हैदरावादमा नेदरल्याण्डविरुद्ध खेल्दै सन् २०२३ को विश्वकपमा यात्रा सुरु गर्नेछ ।