२ श्रावण २०८३, शनिबार
,
Latest
‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखमुनि बसेर कार्तिक आर्यनले ३ रुपैयाँमै कपाल काटे



अ+ अ-

एजेन्सी । कार्तिक आर्यन छिट्टै स्पोर्ट्स ड्रामा फिल्म ‘चन्दु च्याम्पियन’ मा देखिदैछन् । यसैबीच अभिनेताले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा फनी भिडियो सेयर गरेका छन्, जसमा उनी देसी स्टाइलमा कपाल काटेको देखिएका छन् ।

भिडियोमा कार्तिक रूखमुनि कुर्सीमा बसेका छन् र एक व्यक्तिले कपाल काटिरहेका छन् । उनको छेउमा एउटा बोर्ड पनि झुण्डिएको छ, जसमा कपाल काट्ने मूल्य लेखिएको छ । यसमा लेखिएको थियो– मिलु बार्बर, कपाल काट्ने–५ रुपैयाँ, रुखमुनि–७ रुपैयाँ, कार्तिक आर्यन हेयरस्टाइल–३ रुपैयाँ ।’

उनको लुकको कुरा गर्दा उनले कालो टिसर्टको साथ कालो ट्राउजर लगाएका छन् ।

उनले भिडियो सेयर गर्ने बित्तिकै फ्यानहरुबाट रमाइलो लाइक र कमेन्टहरु आउन थाले । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्– ‘लामो कपाल होस् वा छोटो कपाल, हामी तिमीलाई दुवैसँग माया गर्छौं ।’ अर्काले लेखेका छन्– ‘मिलु बार्बरले चन्दुलाई हल्का रूपमा लिइरहेका छन् । जबकि तेस्रोले लेखे–‘यदि यति सस्तो छ भने म कार्तिक आर्यनको हेयरस्टाइल पनि गराउँछु ।’