२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक–सरकार सहमति कार्यान्वयनका लागि सभामुखलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौैँ । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ ।

सोमवार नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो ।

आन्दोलनरत शिक्षक र सरकारका बिचमा भएको सहमति अनुरुप विधेयकलाई संशोधन गर्दै पारित गर्न शिक्षकहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् । आफूहरुले पटक–पटक सहमतिको नाममा सरकारबाट धोका खाएको भन्दै शिक्षकहरुले यसपटक भने विधेयकमा सहमतिका बुँदा अनुरुप संशोधन भइ माग पूरा गर्न सभामुखलाई अनुरोध गरिएको छ । सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकि सहअध्यक्ष नानुमाया पराजुलीले सभामुखलाई सरकारसँग भएको सहमतिको बुँदा हस्तान्तरण गर्दै संसदमा आवश्यक भुमिका खेल्न आग्रह गरिएको बताउनु भयो । उहाँले विधेयक फिर्ता नगरी शिक्षकहरुको आवश्यक माग सम्बोधन गर्दै तुरुन्त पारित गर्न आग्रह गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारको वार्ता समिति र हामी नेपाल शिक्षक महासंघको तर्फबाट जुन हामीले सहमति गरेका थियौँ ति सहमतिका बुँदाहरुलाई, यो विधेयक फिर्ता हुने होइन । ऐन जसरी पनि जारी हुनुपर्छ । छलफलमा जानुपर्छ । हाम्रो सहमति भएका कुराहरु त्यहाँ संशोधन गरिनुपर्छ । सभामुखलाई विधेयक जसरी पनि आउनुपर्छ, विधेयक आउने प्रक्रिया के हो त्यहीँ प्रक्रियामा हजुरले लगिदिनुपर्छ भन्ने हाम्रो अनुरोध हो । त्यही अनुरोधका साथ आज हामीले सहमति भएका बुँदाहरु हामीले हस्तान्तरण गर्‍यौँ । फिर्ता हुनु हुँदैन । ऐन जारी गर्न तपाईहरुको कुरालाई पूरा गर्ने मेरो मनस्थिति त्यही छ । म पूरा गर्ने कुरामा मेरो पूर्ण रुपमा पहल हुनेछ भन्नुभयो ।’

सभामुख घिमिरेले शिक्षकहरुको सरकारसँग भएको सहमति बमोजिम विधेयक पारित गर्न आफूले पहलकदमी लिने बताउनुभएको सहअध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।