११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारबाट फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ



अ+ अ-

महेन्द्रनगर। कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागुऔषध खैरो हेरोइन मुद्दामा १० वर्ष तीन महिना कैद सजाय सुनाइएका भीमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रकाउ गरिएको हो ।

जिल्ला अदालत कञ्चनपुरको २०८१ असोज १४ गतेको फैसला अनुसार  कारागार चलान भएका शाहु गत वर्ष जेनजी आन्दोलनको क्रममा भदौ २४ गते फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले उनलाई भीमदत्त नगरपालिका–११ स्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका शाहुलार्ई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय कञ्चनपुर पठाइएको छ ।

मलद्वारबाट लागुऔषध 

कञ्चनपुरको गड्डाचौकी नाकाबाट पेटभित्र लुकाएर ल्याइएको ७.७५ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल विक रहेका छन् । प्रहरीले बिहीबार साँझ भीमदत्त नगरपालिका–११, गड्डाचौकीमा उनलाई रोकी जाँच गरेको थियो । प्रारम्भिक खानतलासीका क्रममा कुनै लागुऔषध फेला नपरेपछि प्रहरीले उनले पेटभित्र लागुऔषध लुकाएको आशंकामा नियन्त्रणमा लिई महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकीय निगरानीमा राखेको थियो ।

प्रहरीका अनुसार शुक्रबार बिहान दिसा गर्ने क्रममा उनले निलेका नौ वटा प्लास्टिकका पुरिया बाहिर निस्किएका थिए । ती पुरियाबाट ७.७५ ग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विकमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस