२६ पुष २०८१, शुक्रबार
,
Latest
पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ विदेशी भूमिका, नीति र दर्शन नेपालीलाई चाहिँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह शीतलहरको कहर : बढ्दो जोखिममा कस्तो छ पूर्वतयारी ? पृथ्वीनारायणका पुर्खा को हुन्, थर किन खाँ/खान् भयो ? ८४ दिनपछि प्रहरी हिरासतबाट रवि छुट्दा पोखरामा जे देखियो (फोटो फिचर) रवि धरौटी बुझाएर कास्कीबाट रिहा, जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतको आदेश-पूर्णपाठ बीमा कम्पनीले संकलन गर्ने प्रिमियम रकम विकास निर्माणमा लगानी गर्नुपर्छः अध्यक्ष ढकाल धरौटी बुझाए लगत्तै रवि लामिछानेलाई काठमाडौं ल्याइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक–सरकार सहमति कार्यान्वयनका लागि सभामुखलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौैँ । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ ।

सोमवार नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो ।

आन्दोलनरत शिक्षक र सरकारका बिचमा भएको सहमति अनुरुप विधेयकलाई संशोधन गर्दै पारित गर्न शिक्षकहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् । आफूहरुले पटक–पटक सहमतिको नाममा सरकारबाट धोका खाएको भन्दै शिक्षकहरुले यसपटक भने विधेयकमा सहमतिका बुँदा अनुरुप संशोधन भइ माग पूरा गर्न सभामुखलाई अनुरोध गरिएको छ । सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकि सहअध्यक्ष नानुमाया पराजुलीले सभामुखलाई सरकारसँग भएको सहमतिको बुँदा हस्तान्तरण गर्दै संसदमा आवश्यक भुमिका खेल्न आग्रह गरिएको बताउनु भयो । उहाँले विधेयक फिर्ता नगरी शिक्षकहरुको आवश्यक माग सम्बोधन गर्दै तुरुन्त पारित गर्न आग्रह गरिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारको वार्ता समिति र हामी नेपाल शिक्षक महासंघको तर्फबाट जुन हामीले सहमति गरेका थियौँ ति सहमतिका बुँदाहरुलाई, यो विधेयक फिर्ता हुने होइन । ऐन जसरी पनि जारी हुनुपर्छ । छलफलमा जानुपर्छ । हाम्रो सहमति भएका कुराहरु त्यहाँ संशोधन गरिनुपर्छ । सभामुखलाई विधेयक जसरी पनि आउनुपर्छ, विधेयक आउने प्रक्रिया के हो त्यहीँ प्रक्रियामा हजुरले लगिदिनुपर्छ भन्ने हाम्रो अनुरोध हो । त्यही अनुरोधका साथ आज हामीले सहमति भएका बुँदाहरु हामीले हस्तान्तरण गर्‍यौँ । फिर्ता हुनु हुँदैन । ऐन जारी गर्न तपाईहरुको कुरालाई पूरा गर्ने मेरो मनस्थिति त्यही छ । म पूरा गर्ने कुरामा मेरो पूर्ण रुपमा पहल हुनेछ भन्नुभयो ।’

सभामुख घिमिरेले शिक्षकहरुको सरकारसँग भएको सहमति बमोजिम विधेयक पारित गर्न आफूले पहलकदमी लिने बताउनुभएको सहअध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।