४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘सालार’को क्लाइम्याक्स पुनः खिचिने



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय स्टार प्रभासको आगामी फिल्म ‘सालार’ को रिलिज मिति लगातार पोस्टपोन्ड भइरहेको छ । यसअघि फिल्म सेप्टेम्बर २८ मा रिलिज हुने तय भएको थियो ।

विदेशमा यसका लागि कीर्तिमानी अग्रिम बुकिङ पनि भएको थियो तर अचानक निर्माताले यो फिल्म समयमै रिलिज नहुने घोषणा गरे । कारण यो थियो कि यसको भिएफएक्समा काम अझै बाँकी थियो ।

त्यसयता चलचित्र नोभेम्बर २०२३ मा रिलिज हुने चर्चा चलेको थियो । बलिउड हंगामा स्रोतको विश्वास गर्ने हो भने यो फिल्म यस वर्ष रिलिज नहुने भएकाले फिल्मका निर्देशक प्रशान्त नीलले यसको क्लाइमेक्स पुनः सुटिङ गर्ने योजना बनाएका छन् ।

यसका लागि उनी आफ्नो टोलीसँग हैदरावाद पुगेका छन् । उनीहरूले यहाँ १० दिनका लागि केही शटहरू पुनः शूट गर्नेछन् ।

फिल्मको रि–शुट बाहेक पहिले नै रोकिएका ६०० भिएफएक्स सटमा पनि काम गर्नुपर्नेछ । यस्तो अवस्थामा यो वर्षको अन्त्यसम्ममा फिल्म रिलिज हुन गाह्रो देखिन्छ । प्रशान्तले यसको अन्तिम सम्पादन पछि मात्र यसको रिलीज मिति घोषणा गर्नेछ ।

फिल्ममा प्रभासका अलावा श्रुति हसन, जगपति बाबु र पृथ्वीराज सुकुमारन जस्ता कलाकारहरु देखिनेछन् । यसको टिजर यसअघि नै रिलिज भइसकेको छ । यो हेरेपछि प्रशान्त नीलले सालारलाई आफ्नो दोस्रो फिल्म ‘केजीएफ’सँग जोड्ने अनुमान गर्न सकिन्छ ।