१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘सालार’को क्लाइम्याक्स पुनः खिचिने



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय स्टार प्रभासको आगामी फिल्म ‘सालार’ को रिलिज मिति लगातार पोस्टपोन्ड भइरहेको छ । यसअघि फिल्म सेप्टेम्बर २८ मा रिलिज हुने तय भएको थियो ।

विदेशमा यसका लागि कीर्तिमानी अग्रिम बुकिङ पनि भएको थियो तर अचानक निर्माताले यो फिल्म समयमै रिलिज नहुने घोषणा गरे । कारण यो थियो कि यसको भिएफएक्समा काम अझै बाँकी थियो ।

त्यसयता चलचित्र नोभेम्बर २०२३ मा रिलिज हुने चर्चा चलेको थियो । बलिउड हंगामा स्रोतको विश्वास गर्ने हो भने यो फिल्म यस वर्ष रिलिज नहुने भएकाले फिल्मका निर्देशक प्रशान्त नीलले यसको क्लाइमेक्स पुनः सुटिङ गर्ने योजना बनाएका छन् ।

यसका लागि उनी आफ्नो टोलीसँग हैदरावाद पुगेका छन् । उनीहरूले यहाँ १० दिनका लागि केही शटहरू पुनः शूट गर्नेछन् ।

फिल्मको रि–शुट बाहेक पहिले नै रोकिएका ६०० भिएफएक्स सटमा पनि काम गर्नुपर्नेछ । यस्तो अवस्थामा यो वर्षको अन्त्यसम्ममा फिल्म रिलिज हुन गाह्रो देखिन्छ । प्रशान्तले यसको अन्तिम सम्पादन पछि मात्र यसको रिलीज मिति घोषणा गर्नेछ ।

फिल्ममा प्रभासका अलावा श्रुति हसन, जगपति बाबु र पृथ्वीराज सुकुमारन जस्ता कलाकारहरु देखिनेछन् । यसको टिजर यसअघि नै रिलिज भइसकेको छ । यो हेरेपछि प्रशान्त नीलले सालारलाई आफ्नो दोस्रो फिल्म ‘केजीएफ’सँग जोड्ने अनुमान गर्न सकिन्छ ।