९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरु पनि सडकमा, गृह र स्वास्थ्यमन्त्रीको राजीनामा माग



अ+ अ-

काठमाडौँ । काठमाडौँमा चिकित्सकहरु पनि सडक प्रदर्शनमा उत्रिएका छन् ।

आफूहरूमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरु  सडकमा निस्किएका हुन् ।

चिकित्सकहरु पनि सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् । सोमबार मात्र पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आक्रोशित बनेका छन् ।

चिकित्सकहरुले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

चिकित्सकहरुले माइतीघरमा विरोध प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेका छन् ।