• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

एसियाडका लागि चीनतर्फ लागे सन्दीप लामिछाने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न सन्दीप चीन गएका हुन् । यस्तै, अर्का स्पिनर सागर ढकाल पनि सन्दीपसँगै चीन गएका छन् ।नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ । सन्दीप आइतबार बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सोमबार जाने कार्यक्रम थियो ।

तर सन्दीपले मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै उनी टोलीसँग गएका थिएनन् । नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेपछि उनी जान तयार भएका हुन् ।

सागर ढकाल भने स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि बूटीबोनमा चोटका कारण ललितले एसियाड गुमाएका छन् । उनको स्थानमा सागरलाई राखिएको हो । तर भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएका थिएनन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।