२२ श्रावण २०८३, शुक्रबार
,
Latest
करदाता प्रोत्साहन उपहार कार्यक्रम शुरुः साउनको पहिलो १५ दिनका १६ विजेता छानिए कर नीतिमा स्थिरता र नाका सहज बनाउन नाइमाको माग-एक्स्पोमा ल्याइएको दर्जनौँ नयाँ गाडी तातोपानी नाकामा… नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमा सान्फ्रासिस्को महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा प्रवाह हुने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाडका लागि चीनतर्फ लागे सन्दीप लामिछाने



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् ।

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न सन्दीप चीन गएका हुन् । यस्तै, अर्का स्पिनर सागर ढकाल पनि सन्दीपसँगै चीन गएका छन् ।नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ । सन्दीप आइतबार बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सोमबार जाने कार्यक्रम थियो ।

तर सन्दीपले मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै उनी टोलीसँग गएका थिएनन् । नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेपछि उनी जान तयार भएका हुन् ।

सागर ढकाल भने स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि बूटीबोनमा चोटका कारण ललितले एसियाड गुमाएका छन् । उनको स्थानमा सागरलाई राखिएको हो । तर भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएका थिएनन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।