४ भाद्र २०८३, बिहीबार
,
Latest
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन क्यासिनोमा होटलको १० प्रतिशत सेयर अनिवार्य गर्ने व्यवस्था हटाउन हानको माग कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप आज चीन जाँदै



file photo
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आज चीन जाने भएका छन् । १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न सन्दी आज दिउँसो चीन जाने भएकाहुन् । यस्तै, अर्का स्पिनर सागर ढकाल पनि सन्दीपसँगै चीन जानेछन् ।

नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ । सन्दीप आइतबार बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सोमबार जाने कार्यक्रम थियो ।

तर सन्दीपले मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै उनी टोलीसँग गएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेपछि उनी जान तयार भएका हुन् ।

सागर ढकाल भने स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि बूटीबोनमा चोटका कारण ललितले एसियाड गुमाएका छन् । उनको स्थानमा सागरलाई राखिएको हो । तर भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएका थिएनन् ।

समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।