४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचारी ठहर



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले सो मुद्दामा पूर्वमन्त्री श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको हो ।

उनले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री थिए ।