९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न



अ+ अ-

काठमाडौँ । मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सम्पन्न भएको छ । बुधबारको साधारण सभाले आगामी २ वर्षका लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्यीय अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तब्य दिनुभएको थियो भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९र८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराउनु भएको थियो ।

त्यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९र८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अन्त्यमा एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राज्यूले सभामा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभयो ।