१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । गत भदौ २३ गते सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।

नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमु्ख सचेतक रेवतीरमण भण्डारीका अनुसार सोमबार दिउँसोसम्ममा मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले निरन राई, बुद्धिकुमार राजभण्डारी, लीलाबल्लभ अधिकारी र रामप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्न लाग्नुभएको प्रमुख सचेतक भण्डारीले जानकारी दिनुभयो । उनीहरुले पाउने मन्त्रालय भने टुंगिएको छैन ।

यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसक्नुभएको छ । संविधानको धारा १६८ (३) अनुसार कोशीमा ठूलो दलको हैसियतमा एमाले सरकारले आगामी यही असोज २० गतेसम्ममा विश्वासको मत लिइसक्नु पर्नेछ ।