• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर

अभियन्ता ‘ई’ वार्तामा आउन चाहेन– बालेन



file photo

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता ईः वार्तामा आउन नचाहेको बताउनुभएको छ ।

अभियन्ताहरु भएकै ठाउँमा गएर वार्ता गरी समस्या समाधान गरौँ भन्दा उनीहरु वार्तामा नआएको कामपा प्रमुख बालेनको भनाइ थियो । लोकतान्त्रिक अभ्यासमा सबैकुराको समाधान संवादबाटै हुने भन्दै उहाँले कुनै राजनीतिक स्वार्थ जोडिएर उहाँहरु संवादमा नआएको हुनुपर्ने उहाँले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौंँ भन्दा अभियन्ताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरुको नेता सँग गर्न पर्ने ?”