६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियन्ता ‘ई’ वार्तामा आउन चाहेन– बालेन



file photo
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता ईः वार्तामा आउन नचाहेको बताउनुभएको छ ।

अभियन्ताहरु भएकै ठाउँमा गएर वार्ता गरी समस्या समाधान गरौँ भन्दा उनीहरु वार्तामा नआएको कामपा प्रमुख बालेनको भनाइ थियो । लोकतान्त्रिक अभ्यासमा सबैकुराको समाधान संवादबाटै हुने भन्दै उहाँले कुनै राजनीतिक स्वार्थ जोडिएर उहाँहरु संवादमा नआएको हुनुपर्ने उहाँले बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “विगत केही दिनदेखि केही अभियन्ताहरु आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ यहाँहरुको कुरा र समस्या सुनौंँ भन्दा अभियन्ताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरुको नेता सँग गर्न पर्ने ?”