८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 41

Latest
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’ सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ: अध्यक्ष दाहाल दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा समुन्द्रमा चल्ने पानी जहाजमा लागू हुने नियम आन्तरिक जलमार्गमा पनि लागू हुन्छ: मन्त्री दाहाल दानव नदीमा डुबेर तीन बालक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सल्यान दुर्घटना अपडेट: मृत्यु हुने दुवै जनाको सनाखत



अ+ अ-

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहनुभएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।

रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६:३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ । अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । रासस