१ पुष २०८२, मंगलवार
,
Latest
राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बागमती प्रदेशको अधिवेशन आजदेखि



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन् ।

उद्घाटनका अवसरमा आज सो कमिटीले काठमाडौँमा पदयात्रा गरेको छ । भृकुटीमण्डपमा हुने अधिवेशनको उद्घाटनका लागि विभिन्न जिल्ला र जनसङ्गठनका कार्यकर्ताले बागबजार, घन्टाघर, पुतलीसडक, प्रदर्शनीमार्गलगायतका स्थानबाट ब्यानर र झाँकीसहित र्याली निकालेको हो । रासस