५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिणीति चोपडाले सेयर गरिन् विवाहको पहिलो तस्बिर– फोटोहरु



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्डाले सोमबार आफ्नो विवाहको पहिलो तस्बिर सेयर गरेका छन् । आइतबार उदयपुरस्थित द लीला प्यालेसमा परिवार र साथीभाइको उपस्थितिमा यी जोडीले विवाह गरेका हुन् ।

परिणीतिले आफ्नो विवाहको पहिलो फोटो इन्स्टाग्राममा पोष्ट गर्दै लेखेकी छीन्, “ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाट, हाम्रो मनलाई थाहा थियो । लामो समयदेखि यो दिनको प्रतिक्षामा थिए .. अन्तत: श्रीमान र श्रीमती बन्न पाउँदा धन्यबाद! ”

परिणितीको कजिन तथा अभिनेत्री प्रियंका चोपडाले फोटोहरूमा पहिलो कमेन्ट गरेकी छन् । ‘मेरो आशीर्वाद सधैं छ ‘, प्रियंकाले लेखेकी छन्। प्रियंका परिणितीको विवाहमा भने उपस्थित थिईनन् ।

यसअघि, परिणीति र राघवको विवाहपछिको समारोहका तस्बिरहरू सार्वजनिक भएका थिए। फोटोमा परिणितीले सिन्दूर लगाएकी थिइन् र सिक्विन्ड गुलाबी साडी लगाएकी थिइन् भने राघव कालो टक्सिडोमा देखिएका थिए

परिणीति र राघवले वैशाखमा इन्गेजमेन्ट गरेका थिए। इग्ल्यान्डमा पढ्दा उनीहरूबीच चिनजान भएको थियो । परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।