२१ श्रावण २०८३, बिहीबार
,
Latest
ग्रामीण विकासको प्रयोगशाला जिरी : इतिहास जोगाउने कि अवसर गुमाउने? गृहमन्त्रीकै प्रतिप्रश्न : तपाईंहरू सत्तामा हुँदा निर्मला पन्तका हत्यारा किन नसमातेको ? तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई कानून समितिले दिएको निर्देशनप्रति काँग्रेसको आपत्ति विश्व आदिवासी दिवसको तयारी पूरा, भृकुटीमण्डपदेखि टुँडिखेलसम्म सांस्कृतिक र्‍याली सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको… राष्ट्रियसभाको बैठक सुरु धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिणीति चोपडाले सेयर गरिन् विवाहको पहिलो तस्बिर– फोटोहरु



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्डाले सोमबार आफ्नो विवाहको पहिलो तस्बिर सेयर गरेका छन् । आइतबार उदयपुरस्थित द लीला प्यालेसमा परिवार र साथीभाइको उपस्थितिमा यी जोडीले विवाह गरेका हुन् ।

परिणीतिले आफ्नो विवाहको पहिलो फोटो इन्स्टाग्राममा पोष्ट गर्दै लेखेकी छीन्, “ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाट, हाम्रो मनलाई थाहा थियो । लामो समयदेखि यो दिनको प्रतिक्षामा थिए .. अन्तत: श्रीमान र श्रीमती बन्न पाउँदा धन्यबाद! ”

परिणितीको कजिन तथा अभिनेत्री प्रियंका चोपडाले फोटोहरूमा पहिलो कमेन्ट गरेकी छन् । ‘मेरो आशीर्वाद सधैं छ ‘, प्रियंकाले लेखेकी छन्। प्रियंका परिणितीको विवाहमा भने उपस्थित थिईनन् ।

यसअघि, परिणीति र राघवको विवाहपछिको समारोहका तस्बिरहरू सार्वजनिक भएका थिए। फोटोमा परिणितीले सिन्दूर लगाएकी थिइन् र सिक्विन्ड गुलाबी साडी लगाएकी थिइन् भने राघव कालो टक्सिडोमा देखिएका थिए

परिणीति र राघवले वैशाखमा इन्गेजमेन्ट गरेका थिए। इग्ल्यान्डमा पढ्दा उनीहरूबीच चिनजान भएको थियो । परिणीतिले द युनिभसिटी अफ म्यानचेस्टरमा पढेकी हुन् भने राघवले लण्डन स्कूल अफ इकोनोमिक्समा पढेका हुन्।




भर्खरै