५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य

महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य
अ+ अ-

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले मनोनीत गर्नुभएका अधिकांश केन्द्रीय सदस्यहरू पार्टीको महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय सभापतिको प्रत्यासी बनेर पराजित भएकाहरू रहेका छन् ।

सभापति देउवाले महाधिवेशन भएको २१ महिनामा पटकपटक गरी ३२ केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ । उनीहरू सबैजसो कुनै न कुनै पदमा उम्मेदवारी दिएर पराजित भएकाहरू छन् । सभापतिमा निकटतम प्रत्यासी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्थाअनुसार १४औं महाधिवेशनमा प्रमुख प्रत्यासी डा। शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनुभएको छ । उहाँबाहेक सभापति देउवाले आफूसँग प्रतिस्पर्धा गरेका सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य बनाउनुभएको छ ।

त्यस्तै, उपसभापतिमा पराजित विजय गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महामन्त्रीमा पराजित प्रकाशशरण महत र प्रदीप पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ । सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाही हुम्ला, मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई पनि सभापति देउवाले केन्द्रीय सदस्यमा ल्याउनुभएको छ । केन्द्रीय सदस्यमा मनोनीत अन्य नेताहरू महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका, प्रदेशसभापति, क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा समेत पराजित भएकाहरूलाई ल्याइएको भन्दै पार्टीभित्र चर्को विरोध भइरहेको छ । सभापतिले विधान र सांगठनिक आवश्यक्तालाई कुल्चिएर राणाकालीन अवस्थाको जस्तै एकलौटी निर्देशनका भरमा आफ्ना ज्यूहजुरी गर्नेहरूलाई केन्द्रीय नेता बनाएको भन्दै कतिपय केन्द्रीय सदस्यले विरोध गरिरहेका छन् ।

सभापतिले मनोनीत गरेका शिवप्रसाद हुमागाईं, धना खतिवडा, उर्मिला थपलिया, रुकमिनी कोइराला, कल्याणी रिजाल, किरण यादव केन्द्रीय सदस्यमा पराजित नेताहरू हुन् । त्यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मासँग पराजित अर्जुनप्रसाद जोशी र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग पराजित भरतकुमार शाह पनि केन्द्रीय सदस्य बनेका छन् ।

बागलुङबाट महाधिवेशन प्रतिनिधिमा पराजित किरणराज शर्मा पौडेल, सुनसरी क्षेत्रनम्बर–१ को सभापतिमा पराजित लक्ष्मी खतिवडालाई समेत सभापति देउवाले केन्द्रीय सदस्य बनाउनुभएको छ । पार्टीको विधानबमोजिम तल्लो पदमा चुनाव लडेर पराजित भएका जोकोही पार्टीको माथिल्लो पदमा उम्मेदवारी दिन नपाउने व्यवस्थाअनुसार मनोनीत समेत गर्न नपाइने भन्दै केन्द्रीय समितिको बैठकमै चर्काचर्की भएको थियो ।

मनोनीत केन्द्रीय सदस्यको योग्यतालाई लिएर केन्द्रीय समिति बैठकमा गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापतिप्रति आक्रोश पोख्नुभयो । ‘आज पनि तपाईं (देउवा)ले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो, केन्द्रीय सदस्य बन्ने योग्यता के हो ?,’ उहाँले प्रश्न गर्नुभयो– ‘केन्द्रीय सदस्य हुन के–के काम गर्नुपर्छ ? के–के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ भन्ने मापदण्ड हुनुपर्दैन ?’ विचार पु¥याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवाको ध्यानाकर्षण गराउँदै उहाँले जथाभावी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने बताउनुभयो । केन्द्रीय समितिमा मनोनीतको प्रक्रियाका विषयमा टिप्पणी गर्दै नेता मनोजमणि आचार्यले नेतृत्वबाटै विधानको खिल्ली उडाइएको बताउनुभयो । नेपाल समाचारपत्र