१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलद्वारा वेस्टहाम पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टहाम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, डार्विन न्युनेज र डिओगो जोटाले एक–एक गोल गरे । वेस्टहामका जारोर्ड बोइनले एक गोल फर्काए ।

जितसँगै लिभरपुल ६ खेलबाट १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । वेस्टहाम समान खेलबाट १० अंकका साथ तालिकाको सातौं स्थानमा छ ।