४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अस्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने

अस्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने
अ+ अ-

काठमाडौँ।हाल छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अस्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ । नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम हप्ता अस्ट्रेलियामा प्रिमियर गरिने पक्का भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।

यस चलचित्रको लागि अस्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले प्रिमियर तथा रिलिज गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारहरूसहितको चलचित्र टिम त्यहाँ पुग्नेछ । त्यहाँका प्रतिष्ठित नेपालीहरू, कूटनीतिक व्यक्तिहरू, पत्रकारहरू तथा चलचित्रकर्मीहरूमाझ चलचित्रको प्रिमियर गरिनेछ । संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडी नै यसको प्रिमियर हुने बताइएको छ ।

सो कम्पनीले ‘वेस्ट भ्यालु’ प्रदान गरी अस्ट्रेलियाको वितरण अधिकार खरिद गरेको ‘रङ्गेली’को निर्माण पक्षले बताएको छ । आम दर्शकको लागि भने अस्ट्रेलियासहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा नेपालको रिलिज मितिमा नै एकसाथ रिलिज हुने खतिवडाले बताए ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । हाल चलचित्रको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ । चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह(निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।