७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरुको शल्यक्रिया सफल, एसियाडका बाँकी खेल गुमाउने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुको शल्यक्रिया सफल भएको छ । उनको चीनको लोंगवान हस्पिटलमा घुँडाको शल्यक्रिया गरिएको एन्फाले जनाएको छ ।

सरुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)का बाँकी खेल गुमाउनेछिन् । जारी एसियाडको महिला फुटबल अन्तर्गत शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट बोकेकी सरुले बाँकी खेल गुमाउने भएकी हुन् ।

समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा बायाँ खुट्टा ट्विस्ट भएपछि सरुले मैदान छाड्नु परेको थियो ।

चोटका कारण सरुले झण्डै ९ महिना मैदान बाहिर रहनुपर्ने अनुमान गरिएको छ । भिएतनामविरुद्धको खेलमा नेपाल २–० ले पराजित भएको थियो । नेपालले भोलि सोमबार जापानसँग खेल्नेछ ।