७ भाद्र २०८३, आईतवार
,
Latest
सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाको सानदार कमब्याक



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले रोेमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोना दुई गोलले पछि परेको अवस्थामा सानदार कमब्याक गर्दै सेल्टा भिगोलाई ३–२ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई रोमाञ्चक जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा जोआओ कान्सेलोले एक गोल गरे । खेलको १९ औं मिनेटमा जोर्गन लार्सेनले तथा ७६ औं मिनेटमा एनास्टासिओस डोभिकासले गोल गर्दै पाहुना टोली सेल्टालाई २–० को अग्रता दिलाएका थिए ।

तर, ८१ औं र ८५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा कान्सेलोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

जितसँगै बार्सिलोना ६ खेलबाट १६ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंकका साथ सेल्टा भिगो १७ औं स्थानमा छ ।