• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

समृद्ध नेपाल सुखि नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ: उपप्रमुख डंगोल



फाईल फोटो

काठमाडौँ । काठमाडौं महानगरपालिकाकि उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ ।

शुक्रवार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखि नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समृद्ध नेपाल सुखि नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ । महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु कदापी होइन । महिला र पुरुष सँगसँगै एकै रथको दुई पांग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थ हुनसक्छ । र हामी सबैले भन्दै आएको मिशन ८४ मा हामीले एकजुट भएर लाग्ने हो ।’

‘युवा पुस्तालाई पनि सँगसँगै लग्नुपर्ने आवश्यकता छ । पार्टीलाई अझ सुदृढ गर्दै जाने हो भने सक्षम युवालाई अघि सार्नुपनि आजको आवश्यकता हो । यो कुरालाई मनन गर्दै अगाडी बढ्नुपर्छ । पार्टीका हरेक संगठनमा पनि युवाहरुलाई ग्रुम गर्दै लैजानुपर्ने आजको आवश्यकता छ । समयमै ग्रुम गर्दै नलग्ने हो भने हामी धेरै पछि पर्छांै । पछि पर्न हामी तयार छैनौँ । हामी अघि बढ्न तयार छौँ भने आजको मागलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्नेछ । युवालाई पार्टीमा स्वागत गर्दै जाने हो भने हामीले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्छ र दिनचर्यालाई पनि राजनीति सँगसँगै जोड्दै लैजानुपर्नेछ ।’

उहाँले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।