२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध नेपाल सुखि नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ: उपप्रमुख डंगोल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकि उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ ।

शुक्रवार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखि नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समृद्ध नेपाल सुखि नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ । महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु कदापी होइन । महिला र पुरुष सँगसँगै एकै रथको दुई पांग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थ हुनसक्छ । र हामी सबैले भन्दै आएको मिशन ८४ मा हामीले एकजुट भएर लाग्ने हो ।’

‘युवा पुस्तालाई पनि सँगसँगै लग्नुपर्ने आवश्यकता छ । पार्टीलाई अझ सुदृढ गर्दै जाने हो भने सक्षम युवालाई अघि सार्नुपनि आजको आवश्यकता हो । यो कुरालाई मनन गर्दै अगाडी बढ्नुपर्छ । पार्टीका हरेक संगठनमा पनि युवाहरुलाई ग्रुम गर्दै लैजानुपर्ने आजको आवश्यकता छ । समयमै ग्रुम गर्दै नलग्ने हो भने हामी धेरै पछि पर्छांै । पछि पर्न हामी तयार छैनौँ । हामी अघि बढ्न तयार छौँ भने आजको मागलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्नेछ । युवालाई पार्टीमा स्वागत गर्दै जाने हो भने हामीले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्छ र दिनचर्यालाई पनि राजनीति सँगसँगै जोड्दै लैजानुपर्नेछ ।’

उहाँले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।