१२ मंसिर २०८१, बुधबार
,
Latest
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार, छिटो अनुसन्धान गरेर टुंग्याउन आदेश रास्वपाका नेताविरुद्धको मुद्दामा सर्वोच्चले मगायो भाषणको पूर्णपाठ तपाई आफ्नो सच्चा मित्र को हो भनेर चिन्न सक्नुहुन्न भने यी ५ संकेतहरुबाट हेर्नुहोस् महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ रास्वपाका प्रमुख सचेतक परियारले भेटे प्रधानमन्त्री रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा



अ+ अ-

बैतडी । तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार द्धितीय पुरस्कार रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कात्तिक पहिले सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्ध सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताउनुभयो । बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उहाँको भनाइ थियो ।

यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ ।

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ), पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो । रासस