२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

नेपालमा यसरी गरियो अक्सिजनको अभाव

नेपालमा यसरी गरियो अक्सिजनको अभाव
अ अ+ अ-

काठमाडौँ । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन । 

विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिएभन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रसस्त छन् । 

नयाँ भेरियन्टसहित दोस्रो लहर चलिरहेको कोरोनाकालको वर्तमान विषम परिस्थितिमा उक्त प्रवृत्ति दोहोरिने सङ्केत देखा परेको छ । त्यो सङ्कट टार्नै विषयमा सरकारले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने देखिएको छ ।

नेपाल अक्सिजन उत्पादक सङ्घका अनुसार अहिले नेपालमा अक्सिजन पर्याप्त मात्रामा छ । माग कम भएकैले उद्योग पूर्ण क्षमतामा चलेकै छैन तर पनि हल्लैहल्लाका कारण अक्सिजन अभाव हुने आशङ्कामा अहिले मानिसले चाहिएभन्दा बढी भण्डारण गर्न थालेकाले अलिकति समस्या हुने हो की भन्ने देखिएको सङ्का अध्यक्ष गौरव शारदाले बताउनुभयो । उहाँले सिलिण्डर (भाँडो) भने सीमित रहेको स्वीकार गर्नुभयो । “पर्याप्त सिलिण्डर हुने हो भने कुनै समस्या आउने थिएन, नेपालमा सिलिण्डर नबन्ने, यसअघि चालु रहेका सिलिण्डर सीमित छ, त्यही सिलिण्डर मानिसले घरमा राख्यो भने समस्या हुने नै भयो, त्यसैले सिलिण्डर खरिदका लागि सरकारलाई सुझाव दिएका छौँ”, अध्यक्ष शारदाले भन्नुभयो ।

नेपालमा साविकभन्दा निक्कै बढी अक्सिजन उत्पादन भइरहेको छ । गत वर्षको यो समयमा २० प्रतिशत मात्रै अक्सिजन उत्पादन भएको थियो । तर यसपटक भारतमा देखिएको अभावले नेपालमा खपत ह्वात्तै बढेको छ । तर त्यो प्रयोग हुनुभन्दा पनि स्टकमा गएको अनुमान सङ्घको छ । अभाव हुने हल्ला सुनेका मानिसले मात्रै होइन, अस्पतालले समेत अक्सिजन सिलिण्डर स्टक राख्न लागेका छन् । उहाँले भन्नुभयो, “नेपालमा क्षमतानुसारको अक्सिजन उद्योग चलेकै छैन, त्यो सबै चल्यो भने दैनिक आठ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिन्छ, त्यसले नेपालको पूरै माग धान्छ, भारतमा अभाव भएको कारणले नेपालमा पनि अभाव हुन्छ की भनेर व्यक्तिले र केही अस्पतालले सिलिडर स्टक राख्न थाल्नु नै समस्या हो ।” अझ विभिन अस्पतालले चलाइरहेको प्लान्टको उत्पादन छुट्टै छ ।

उहाँका अनुसार काठमाडौँमा अहिले दैनिक पाँच देखि ६ हजार सिलिण्डर अक्सिजनको माग छ । माग पूरा गर्न अहिले कुनै समस्या छैन । “अलिकति नेपालगञ्ज क्षेत्र र तराईमा केही ठाउँमा माग बढेको छ, पूर्वी नेपालमा क्षमताको २० प्रतिशत पनि उत्पादन भएको छैन, त्यसैले ढुक्क हुनुस् अक्सिजनको अभाव हुँदैन”, अध्यक्ष शारदाले भन्नुभयो, “स्टक राख्ने विषयमा भने गम्भीर हुनै पर्छ, त्यसरी स्टक राख्न जरुरी नै छैन ।”

हाल नेपालमा अक्सिजन उत्पादन गर्ने २४ वटा उद्योग छन् । त्यसमध्ये आठ उद्योग काठमाडौँमा छ । एउटा उद्योग चलेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल मुलुकका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । ती अस्पतालले दैनिक दुई हजार ५४९ सिलिण्डर अक्सिजन भर्नसक्ने क्षमता राख्छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताउनुभयो । ती अस्पतालमा करिब छ हजार सिलिण्डर भरिएका छन् । 

अक्सिजन विक्रेताबाट दैनिक आठ हजार सिलिण्डर भर्न सक्ने जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीमित रहेकाले सिलिण्डर अभाव हुनसक्ने हुँदा सिलिण्डर ल्याउने विषयमा कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ । अक्सिजन व्यवसायीले भने नेपालमा अक्सिजन अभाव नहुने तर सिलिण्डरको अभाव हुनसक्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष शारदाले सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँगको छलफलमा नयाँ सिलिण्डर आयात गर्नेतर्र्फ सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो । “तल्कालै भारतबाट सिलिण्डर ल्याउन सम्भव देखिँदैन, चीनबाट जीटुजीमार्फत सिलिण्डर ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “तब मात्रै समस्या हटेर जान्छ ।” 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको बिहीबार अक्सिजन उत्पादक व्यवसायीसँग यसको उपलब्धताका बारेमा छलफल गरेको थियो । छलफलमा घरमा अनावश्यक रुपमा राख्ने, चुहावट हुने र भारत निर्यात हुन थाल्यो भने जटिलता हुने भएकाले त्यसलाई रोक्नुपर्ने माग व्यवसायीले गरेका थिए । नेपालमा निजी क्षेत्रबाटै दैनिक आठ हजार सिलिण्डर अक्सिजन भर्ने क्षमता भए पनि अहिले करिबकरिब पाँच देखि ६ हजार भर्ने गरिएको छ । अस्पताल आफैँले जोडेको प्लान्ट छुट्टै छ । औद्योगिक क्षेत्रमा अक्सिजनको प्रयोग रोकेकाले अभाव नहुनेमा व्यवसायीहरु ढुक्क छन् । 

भारतमा कोभिड–१९ को सङ्क्रमण तीव्र भएकाले आन्तरिक अभाव हुने ठानेर अक्सिजन र सिलिल्डर निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारबाट त्यो प्रतिबन्ध खुलाउन कूटनीतिक प्रयास जारी छ । भारतमा अक्सिजन कै अभावमा कयौँले ज्यान गुमाइरहेका विवरणहरु सार्वजनिक भएकाले त्यसको असर हाल नेपालमा परेको हो । नेपालमा पनि बिरामीको चाप बढ्दो क्रममा रहेकाले अक्सिजनको माग बढ्ने निश्चित छ । त्यसतर्फ बेलैमा ध्यान दिन सकिएन भने भारतको जस्तै अवस्था आउनसक्ने जनस्वास्थ्यविद्को भनाइ छ ।