२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डो–प्यासिफिक सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाँदै



अ+ अ-

काठमाडौँ । इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

नयाँ दिल्लीमा आयोजना हुन लागेको तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी असोज ७ गते भारत जान लागेका हुन् ।

असोज ८ गतेदेखि १० गतेस‌म्म सञ्चालन हुनलागेको सम्मेलनकै क्रममा आयोजना हुने ४७ औँ इन्डो-प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम सहभागी हुनेछन् । नवौँ सिनियर इनलिस्ट लिडर फोरममा सहभागी हुन सेना प्रमुख सुबेदार रत्‍न बहादुर थापा मगर पनि भ्रमण दलमा संलग्न रहनेछन् ।

गत भाद्र २३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको सो सम्मेलनमा प्रधानसेनापति सहभागी हुनलागेको सेनाले स्पष्ट गरेको छ । भारत र संयुक्त राज्य अमेरिकाका सेनाह‌रूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।