२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १८ देखि २५ गतेसम्म निषेधाज्ञा



अ+ अ-

जाजरकोट । कोभिड–१९ को नयाँँ भेरिएन्टसहितको सङ्क्रमण तीव्ररुपमा बढ्दै गइरहेको भन्दै सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि यही वैशाख १८ गते शनिबार राति १२ः०० बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकलाई मध्यनजर गदै कोभिड–१९ को सङ्क्रमण फैलावटको साङ्गलो तोड्न, सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम वैशाख १८ गते राति १२ः०० बजेदेखि वैशाख २५ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको उल्लेख गरिएको छ । तरकारी, खाद्य, दूध र ग्यासका पसल भने बिहान ६ः०० बजे देखि ९ः०० बजेसम्म सञ्चालन गर्न दिइने उल्लेख छ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्सलगायतका सेवा भने खुला हुने छन् ।