७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जको अवस्था झन भयवाह बन्दै, एकैदिन ५ को मृत्यु



अ+ अ-

वीरगन्ज । कोरोना महामारीको हटस्पट बन्दै गएको वीरगन्जको अवस्था झन भयवाह बन्दै गएको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगन्जमा कोरोना संक्रमण दरसँगै मृत्यु दर पनि दिनहुँ बढ्दै गएको छ । 

वीरगन्जमा बुधबार मात्रै कोरोनाले ५ जनाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना संक्रमितको मृत्यु भएको हो । वीरगन्जमा ३ दिन (सोमबार देखि बुधबार) सम्म १२ जनाको मृत्यु भएको छ । बुधबार ५ जना , मङगलवार ४ जना र सोमबार ३ जनाको मृत्यु भएको हो । कोरोनाको दोश्रो लहर सुरु भएयता चैत ३० देखि वैशाख १५ सम्म कोरोनाले २३ जनाको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा १९ जनाको , नारायणी बयोधा अस्पतालमा ३ जनाको र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । मृतक २३ जनामध्ये पर्साका १५ जना , बाराका ५ , सर्लाहीका २ जना र रौतहटका १ जना हुन् ।

नारायणी अस्पतालमा बुधबार अपरान्ह वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रामटोलका ४५ वर्षिय पुरुष, बिहान पौने १२ बजे रौतहटको दुर्गाभगवती गाँउपालिकाको रजवाडाकी ५० वर्षिया महिला, बुधबार बिहान १० बजे वीरगन्ज महानगरपालिका वडा नंबर २७ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमै बुधबार बिहान पौने २ बजे सर्लाहीको धनकौल गाँउपालिका ४ का ४३ वर्षिय पुरुष र बुधबार बिहान सवा १२ बजे बाराको सुवर्ण गाउँपालिका– ७ की ३० वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए । अन्नपूर्ण पोस्टमा छ ।