२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा साढे ७ केजी चरेससहित दुई पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

दाङ । दाङमा साढे ७ केजी लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनबाङ घर स्थायी घर भई हाल घोराही उपमहानगरपालिका–१४ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहदुर कामीको कोठाबाट सात केजी ७७९ ग्राम लागुऔषध चरेश बरामद गरिएको दाङ प्रहरी प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लले जानकारी दिनुभयो । 

निजलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे उक्त परिमाणको चरेश बरामद गरिएको दाङका प्रहरी प्रमुख काफ्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार कामी र रुकुमपूर्व भूमे गाउँपालिका–९ घर भई हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्रउ गरिएको हो । 

पुन लागुऔषधको कारोबार गर्ने व्यक्तिको आशङ्कामा फोन कल तथा सोधपुछका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।