• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु ★   ‘पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबीरहेको धर्ती जोगाउन नेपालको नेतृत्व आवश्यक छ’ ★   प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति देउवासहितका नेताहरुको छलफल ★   पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप ★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो

नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह



न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गर्नु भएको छ ।

संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नु भएको हो ।

उहाँले नेपालमा लगानीको वातावण बन्दै गएको भन्दै विदेशमा रहेका नेपालीहरुको शीप, क्षमता र लगानी बिना मुलुक अघि बढ्न नसक्ने बताउनु भयो । उहाँले वर्तमान सरकार मुलुकको आर्थिक विकास, सम्वृद्धि र सुशासनका क्षेत्रमा गम्भीर भएर अघि बढेको दावी समेत गर्नुभयो । विदेशमा रहेका नेपालीहरुप्रतिको सोंचमा परिवर्तन भएको भन्दै प्रधानमन्त्री दाहालले एनआरएनहरु पलायन नभई विस्तारित भएको तर्क गर्नुभयो ।

गैरआवासीय नेपाली समुदाय तथा व्यवसायी एवं विज्ञहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनीहरुले प्रस्तुत गरेको कार्यपत्रले आफू उत्साहित भएको भन्दै प्रधानमन्त्री दाहालले त्यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भोलि संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।