२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द



अ+ अ-

चितवन । कोरोना भाइरसको सङ्क्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो । 

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीका लागि अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय दिन प्रतिदिन कोरोना सङ्क्रमितको बिरामी बढ्दै गइरहेकाले बहिरङ्ग सेवा बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।