• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

कैलाली र कञ्चनपुर निर्मित तीन शैक्षिक परियोजना उद्घाटन



काठमाडौँ । भारत सरकारको सहयोगमा निर्मित एक क्याम्पस भवन र दुई विद्यालय भवन सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तावले आइतबार र सोमबार सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको भ्रमण गरी ती परियोजना हस्तान्तरण गर्नुभएको हो ।

उहाँले तीन करोड ५२ लाखमा निर्मित टीकापुर बहुमुखी क्याम्पस, दुई करोड ६४ लाखमा निर्मित पशुपति शिक्षा मन्दिर र दुई करोड ९२ लाखमा निर्मित सिद्धनाथ माध्यमिक विद्यालय भवन हस्तारन्तरण गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उद्घाटन समारोहमा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, क्याम्पस र विद्यालयका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो । यी शैक्षिक संस्थामा कैलाली र कञ्चनपुर जिल्लाका करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव समुदायिक विकास परियोजनाको रुपमा निर्माण भएका यी परियोजनाले त्यस क्षेत्रका युवाको हितका लागि शैक्षिक पूर्वाधारको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कैलाली र कञ्चनपुरका जिल्ला समन्वय समितिले उक्त परियोजनाको कार्यान्वयन गरेको दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत श्रीवास्तवले नेपाली कांग्रेसका नेता एवं सांसद रमेश लेखक र स्थानीय सरकारका पदाधिकारीसँग दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी परियोजनास्थलको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जुनमा भएको भारत भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा उक्त जाँच चौकीको निर्माण हेतु सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त एकीकृत जाँच चौकीको निर्माणले भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुदूरपश्चिम प्रदेशलाई यो परियोजनाले विशेष लाभान्वित तुल्याउनेछ ।

राजदूत श्रीवास्तवले नेपाल–भारतमैत्री सङ्घ र स्थानीय वाणिज्य सङ्घका प्रतिनिधिसँग भेटवार्ता गर्नुका साथै मैत्री सङ्घ र वाणिज्य सङ्घले भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धनका लागि गरेको योगदानको प्रशंसा गर्नुभयो ।

साथै उहाँले जनता–जनाताबीचको सम्बन्ध र आर्थिक सम्पर्कमार्फत दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउने उपायबारे पनि छलफल गर्नुभएको थियो । भारत र नेपालबीच बलियो विकास साझेदारी रहेको उल्लेख गर्दै उहाँले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त यो साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।