६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली र कञ्चनपुर निर्मित तीन शैक्षिक परियोजना उद्घाटन



अ+ अ-

काठमाडौँ । भारत सरकारको सहयोगमा निर्मित एक क्याम्पस भवन र दुई विद्यालय भवन सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तावले आइतबार र सोमबार सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरको भ्रमण गरी ती परियोजना हस्तान्तरण गर्नुभएको हो ।

उहाँले तीन करोड ५२ लाखमा निर्मित टीकापुर बहुमुखी क्याम्पस, दुई करोड ६४ लाखमा निर्मित पशुपति शिक्षा मन्दिर र दुई करोड ९२ लाखमा निर्मित सिद्धनाथ माध्यमिक विद्यालय भवन हस्तारन्तरण गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उद्घाटन समारोहमा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, क्याम्पस र विद्यालयका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो । यी शैक्षिक संस्थामा कैलाली र कञ्चनपुर जिल्लाका करिब दुई हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् ।

नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत उच्च प्रभाव समुदायिक विकास परियोजनाको रुपमा निर्माण भएका यी परियोजनाले त्यस क्षेत्रका युवाको हितका लागि शैक्षिक पूर्वाधारको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । कैलाली र कञ्चनपुरका जिल्ला समन्वय समितिले उक्त परियोजनाको कार्यान्वयन गरेको दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत श्रीवास्तवले नेपाली कांग्रेसका नेता एवं सांसद रमेश लेखक र स्थानीय सरकारका पदाधिकारीसँग दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी परियोजनास्थलको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जुनमा भएको भारत भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा उक्त जाँच चौकीको निर्माण हेतु सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

उक्त एकीकृत जाँच चौकीको निर्माणले भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुदूरपश्चिम प्रदेशलाई यो परियोजनाले विशेष लाभान्वित तुल्याउनेछ ।

राजदूत श्रीवास्तवले नेपाल–भारतमैत्री सङ्घ र स्थानीय वाणिज्य सङ्घका प्रतिनिधिसँग भेटवार्ता गर्नुका साथै मैत्री सङ्घ र वाणिज्य सङ्घले भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धनका लागि गरेको योगदानको प्रशंसा गर्नुभयो ।

साथै उहाँले जनता–जनाताबीचको सम्बन्ध र आर्थिक सम्पर्कमार्फत दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउने उपायबारे पनि छलफल गर्नुभएको थियो । भारत र नेपालबीच बलियो विकास साझेदारी रहेको उल्लेख गर्दै उहाँले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त यो साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।